समाचार
E-mail मार्फत दरखास्त दिने सम्बन्धी सूचना
-प्रस्तुत विषयमा यस कार्यालय द्वारा माग गरिएका पदहरु प्राविधिक सहायक (सब-इञ्जिनियर) ,अ.न.मी. र अ.हे.ब. पदहरुमा दरखास्त दिनका लागि
लकडाउनका कारण उम्मेदवारहरु कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थालाइ मध्यनजर गर्दै यस कार्यालयद्वारा e-mail मार्फत
दरखास्त दिन सकिने व्यवस्था गरिएको छ।
-आवेदन फारम यहींबाट डाउनलोड गर्न सकिनेछ।
–दरखास्त दस्तुर लक्ष्मी बैंक, खाडिचौर शाखामा रहेको यस कार्यालयको आन्तरिक आम्दानी
कोष खाता सुनकोशी गा.पा. सिन्धुपाल्चोक 02711010576 मा बुझाइ सक्कलै भौचर सहित
आवेदकले सम्पूर्ण प्रतिलिपीहरु स्वयम् प्रमाणित गरी यस कार्यालयको इ–मेल
sunkoshiruralmun@gmail.com र lamsalnewton@gmail.com मा इ–मेल गर्न सकिनेछ ।
–आवेदन स्वीकृत भएमा आवेदकलाइ निजकै इ–मेलमा प्रवेश पत्र पठाइनेछ वा सो प्राप्त नभएमा
अन्तर्वाता अगावै यस कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
–रित नपुगी आएको आवेदन उपर कुनै पनी कारवाही हुने छैन।