FAQs Complain Problems

सुनकोशी गाउँपालिकाकाे ‌संक्षिप्त परिचय

sunkoshi rural municipality introduction

सुनकोशी गाउँपालिका वागमती प्रदेशका १३ जिल्लाहरुमध्ये सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ । वि.सं. २०७३ फागुन २७ गते नेपाल सरकारले साविकको ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, थुमपाखर र पाङ्ग्रेटार गा.वि.स. लाई समावेश गरी देशका ७५३ स्थानीय तह मध्ये घोषणा गरिएको एक स्थानीय तह हो सुनकोशी गाउँपालिका । यस गाउँपालिका ७२.८४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा त्रिपुरासुन्दरी र लिसङ्खुपाखर गाउँपालिका, पश्चिममा चौतारा साँगाचोक गढी नगरपालिका, उत्तरमा बलेफी गाउँपालिका र दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका तथा लिसङ्खुपाखर गाउँपालिका पर्दछन् । ७ वटा वडामा रहेको यस गाउपालिकालाई साविकका ठोकर्पा गा.वि.स. लाई वडा नं. १ र २ कालिका, यमुनाडाँडा, सुनखानी, थुमपाखर र पाङ्ग्रेटार गा.वि.स. लाई क्रमश ३,४,५,६ र ७ वडा गरी प्रशासनिक विभाजन गरिएको छ । गाउँपालिकाको दक्षिणतर्फ बगेको कोशी नदीको सहायक सुनकोशी नदीको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।

जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ७,३११ पुरुष र ७,८६५ महिला गरी कूल १५,१७६ जनसंख्या रहेको छ । पुरुष ७८.८ र महिला ६४.३ प्रतिशत साक्षरता रहेको यस गाउँपालिकामा कूल साक्षरता दर ७१.४ प्रतिशत रहेको छ । जातिगत आधारमा सबैभन्दा धेरै जनसंख्या क्षेत्री जातिको रहेको छ । जसको जनसंख्या ३९.२ प्रतिशत रहेको छ भने त्यसपछि क्रमश तामाङ १६.५, ब्राम्हण ९.७, पहरी ९.५, विश्वकर्मा ५.८, मिजार ४.३, माझी ३.७, नेवार २.९, परियार २.७, घर्ती भुजेल १.९ रहेको छ । कृषि तथा पशुपालनमा प्रसस्त सम्भावना रहेको यस गाउँपालिकाका बासिन्दाको प्रमुख आम्दानीको श्रोतको समेत कृषि तथा पशुपालन नै रहेको छ ।