समाचार
सुनकोशी गाउँपालिकाकाे संक्षिप्त परिचय
सुनकोशी गाउँपालिका वाग्मती प्रदेश को साबिकको सिन्धुपाल्चोक जिल्लामा अबस्थित छ। वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा ठोकर्पा , कालिका, यमुनाडाँडा,सुनखानी ,थुम्पाखर पाग्रेंटार गा .वि. स. लाई एकै स्थानमा गाभिएकाे थियाे । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।यस गाउँपालिकाको क्षेत्रफल ७२.८४ वर्ग किलो मिटर रहेको छ भने २०६८ सालको जनगणना अनुसार १६७१३ जनसंख्या रहेको छ । प्रति वर्ग कि.मी. २३८ जनघनत्व रहेको यस गाउँपालिकामा अधिकांशको कार्यक्षेत्र जलस्रोत, पर्यटन, कृषि र व्यापार रहेको छ । साथै यो गाउँपालिका कफी ब्यवसायमा प्रचुर सम्भावना बोकेको छ । यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको वाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा ऐतिहासिक काल बाटै अंगाल्दै आएका छन् । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नाम बाट यस को नामाकरण भएको हो |