FAQs Complain Problems

जनस्वास्थ्यकाे सूचकमा प्रथम

आ.व. २०८०/८१ को जिल्ला स्तरीय वार्षिक समिक्षामा तय गरेका जनस्वास्थ्य सेवाका विभिन्न सुचकहरुको आधारमा सिन्धुपाल्चोक जिल्ला अन्तर्गत स्थानीय तहहरु मध्ये यस सुनकोशी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ। उक्त स्थानसम्म पुर्‍याउन हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरू लगायत प्रत्यक्ष र अप्रत्यक्ष भुमिका निर्वाह गर्न हुने सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरिन्छ। आगामी दिनहरूमा पनि यस्तै उपलब्धि हासिल गरी यस गाउँपालिकाकाे जन स्वास्थ्यकाे क्षेत्रलाई सबल र उत्कृष्ट बनाउन हुनेछ भन्ने अपेक्षा सहित पुन बधाई तथा हार्दिक शुभकामना ।

आर्थिक वर्ष: