समाचार
आ.व. २०८०/८१ को वार्षिक समिक्षा
यस सुनकोशी गाउँपालिकाले आ. व. २०८०/८१ को वार्षिक समिक्षा मिति: २०८१/०५/०५ गते मंगलबारको दिन गाउँकार्यपालिकाको
सभाहलमा अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । उपाध्यक्ष श्री कान्छी लामा ज्यू,
प्रमुख प्रशासकीय अधिकृत श्री मोहनकुमार श्रेष्ठ ज्यू, वडाका वडाध्यक्ष ज्यूहरू, पालिका तथा वडाका कर्मचारीहरूको उपस्थितिमा
सम्पन्न उक्त कार्यक्रममा बिषयगत शाखा तथा वडाहरूले गत आ. व. २०८०/८१ मा भएका कार्यक्रमहरूको प्रस्तुतिकरण सहितको समिक्षा प्रस्तुत गर्नुभयो ।