समाचार
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय श्री देवेन्द्र दाहाल ज्यु लाइ स्वागत कार्यक्रम
संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय श्री देवेन्द्र दाहाल ज्यु लाइ सुनकोसी गाउँपालिकाको तर्फबाट
कार्यालय को सभा हलमा स्वागत गरियो। सिन्धुपाल्चोक को विभिन्न विपदग्रस्त क्षेत्र को निरीक्षण को क्रममा आउनु भएको बेला
गाउँ पालिकाले उहाँलाई स्वागत गरेको हो। गाउँपालिका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमिल्सिना ज्यू,उपाध्यक्ष श्री कान्छी लामा ज्यू,
प्रमुख प्रशासकीय अधिकृत श्री मोहन कुमार श्रेष्ठ ज्यू लगाएतले स्वागत गर्नु भएको थियोे । स्वागत कार्यक्रम मा गाउँपालिकाका
अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिना ज्यूले सुनकोसी गाउँपालिका को तर्फबाट भएको विकास निर्माणकार्य को बारेमा जानकारी गराउनु भएको थियोे ।
मन्त्रालय बाट सुनकोसी गाउँपालिकाको बिकास निर्माणकार्य मा मन्त्रालय बाट सहयोग गर्न का लागि अध्यक्ष तिमिल्सिना ज्यूले आग्रह गर्नु भयो। मन्त्री दाहालले सुनकोसी को बिकास निर्माणकार्य मा मन्त्रालय को तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।