समाचार
सुनकोशी गाउँपालिकाको गाउँसभा सम्पन्न
सुनकोशी गाउँपालिकाको गाउँ सभाको चौथो अधिवेशनको दोस्रो बैठक आज मिति:२०८१/०३/३० गते सफलतापुर्वक सम्पन्न भएको छ
र बैठकमा पेश भएका नीति कार्यक्रम,बजेट लगायत बैठकमा पेश भएका सबै कार्यसूचीहरु सर्वसम्मत पारीत भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमिल्सिना ज्यूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ,उपाध्यक्ष श्री कान्छि लामाज्यूले
आगामी आर्थिक वर्षका लागि बार्षिक बजेट तथा न्यायिक समितिकाे प्रतिवेदन, लेखा समिति संयोजक श्री जालबहादुर लामाज्यूले लेखा समिति प्रतिवेदन,
मलेप प्रतिवेदन सुशासन समितिका संयोजक श्री कुमार शाही ज्यूले, रोजगार रणनीति आर्थिक विकास समिति संयोजक श्री इश्वर तामाङ ज्यूले र गाउँ कार्यपालिकाले
गरेका निर्णयहरु प्रमुख प्रशासकीय अधिकृत श्री मोहनकुमार श्रेष्ठज्यूले पेश गर्नुभएको थियो । सुनकोशी गाउँपालिकाले आगामी आवको लागि
५५ करोड ५२ लाख ३२ हजार ६५० रूपैयाँकाे को बजेट सार्वजनिक गरेको छ । नीति कार्यक्रम,बजेट तयार गर्न सहयोग गर्नुहुने सबै सबैलाई हार्दिक धन्यवाद।